वि.सं:
नेपाल संवत: ११४६ सिल्लागा तृतीया - १८
खानेपानी तर्फ:- लक्ष्य गुणस्तरीय पूर्वाधार विकास गरी खानेपानी र सरसफाई सुविधा विस्तार गर्ने । उद्देश्य १. जलाधार र जलश्रोत संरक्षण गर्दै प्रदेशका सवै नागरिकलाई गुणुतरीय र भरपर्दो खानेपानी सेवा उपलव्ध गराउनु । २. प्रदेशमा पूर्ण सरसफाई सुनिश्चित गर्नु । सिंचाई तर्फ:- लक्ष्य आधुनिक सिंचाई प्रविधि विस्तार मार्फत कृषि उत्पादन बृद्धि गर्ने । उद्देश्य १. कृषियोग्य जमिनमा सिंचाई विस्तार गर्नु । २. जलाधार संरक्षण गर्नु र जल मितव्ययी सिंचाई प्रविधि उपयोग गर्नु । ३. सिंचाई प्रणालीलाई स्थानीयको संलग्नतामावाट सुदृढिकरण गरी उत्थानशील वनाउनु । सौर्य तथा अन्य नवीकरणीय उर्जा तर्फ:- लक्ष्य बैकल्पिक उर्जाको विकास: प्रदेश समृद्धिको आधार उद्देश्य १. सौर्य उर्जा, वायोमास, हरित उर्जा र सुधारिएको चुलोको प्रवर्धन गरी उर्जामा पहुँच बृद्धि गर्नु । २. बैकल्पिक उर्जा परियोजनाहरुको निर्माण, मर्मत तथा सम्भार गरी राष्ट्रिय प्रसारण लाइनमा जोडनु ।